२०८१ बैशाख १३ बिहीबार

केपी ओलीको दौडधुप, एकै दिन चार कार्यक्रम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक
अपाङ्ग संघको राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दैछन् ।
बिहान ९ बजे संघको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यसपछि अध्यक्ष ओलीले विभिन्न पार्टीबाट आएका नेताहरूलाई पार्टीमा प्रवेश गराउने छन् ।
काठमाडौं उपत्यकामा हुने यी दुई कार्यक्रमपछि भने अध्यक्ष ओली आजै पर्वत र बाग्लुङ जानेछन् । जिल्ला कमिटी पर्वत र बाग्लुङले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन उनले सम्बोधन गर्नेछन् ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार