२०८१ बैशाख ८ शनिबार

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले मनायो नयाँ वर्ष-२०७९ ।

दुबई ।

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाले मनायो नयाँ वर्ष-२०७९ ।

रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष बिशेष कार्यक्रम सम्पन्न ।

रुपन्देही ज़िल्ला घर भई हाल अष्ट्रेलियामा रही विभिन्न पेशा व्यवसायमा आवद्ध रहेका नेपाली, विभिन्न सामाजिक संघ संस्थाका अगुवा, पत्रकार, सामाजिक अभियन्ता र अष्ट्रेलियन लगाएतको बाक्लो उपस्थितीमा भएको कार्यक्रममा अष्ट्रेलियाका न्यु साउथ वेल्स राज्यका वहु-साँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क जोसेफ कोरले नेपाली क्यालेण्डर २०७९ विमोचन गरेका थियो ।

रुपन्देही सामाजिक सञ्जालले ६ वर्ष देखी निरन्तर सामाजिक, परोपकारी, शिक्षा, स्वास्थ्य, महामारीबाट प्रभावित समुदाय एंव वालवालिकाहरुका लागि गरेको कार्यको मन्त्री कोरले प्रसंशा गरेका थिए । उनले आफुहरु पनि यस्तै सामाजिक संस्था मार्फत सामाजिक काममा अनेकौ सञ्जाल संग मिलेर काम गर्न चाहेको बताए ।

कार्यक्रममा सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले प्रमुख अतिथी कोरलाई नेपाली टोपी र खादाले स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्जालका महासचिव रन्जीता भण्डारीले गर्नुभएको थियो भने उपाध्यक्ष एंव कार्यक्रम संयोजक दिवाकर काफ्लेले स्वागत गर्नुभएको थियो ।

नयाँ वर्षको कार्यक्रममा एन आर एन ए का राष्ट्रिय उपाध्यक्ष धर्मराज अधिकारी, फेन्काका महासचिव डा. मधुसुदन पुडासैनि, एन आर एन ए अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष मना केसी ओएनएफका अन्तराष्ट्रिय कमिटिका सचिव रमेश पाण्डे, लिभरल नेपाली कम्यूनिटिका उम्मेद्धवार एंव सामाजिक अभियन्ता विनोद पौडेल, अनेसास अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका अध्यक्ष ममता तिवारी, पेन्सस कम्यूनिटि एंव सञ्जालका सल्लाहकार डा. प्रकाश पौडेल लगाएतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा एनआरएनए न्यु साउथ वेल्स राज्यका उप-प्रमुख स्वीकृती भट्ट, ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशि, वरिष्ठ समाज सेवी नारायण प्रधान, झापाली समाजका अध्यक्ष निराजन प्रसाई, साउथ वेष्ठ नेपाली कम्यूनिटिका अध्यष सुदिप ढकाल, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, सुदूरपश्चिम समाजका अध्यक्ष तोरम अवस्थी, प्रवासी नेपाली यूवा मञ्च अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, द नेपाली टाईम्स अष्ट्रेलियाका निर्देशक मेहन्द्र लम्साल, एन वि डि ए का महासचिव प्रकाश लामिछाने, पोखरा समाजका अष्ट्रेलियाका महासचिव प्रकाश सुवेदी, नवलपुर समाजका अध्यक्ष खेमराज पंगेनी, अभिभावक संघका अध्यक्ष राम अधिकारी, मल्टि डाइनमिकका मेनेजिङ डाइरेक्टर विजय पहल, ल्याण्ड लिज का निर्देशक अशोक थपलिया, जुनो होम लोन्सका निर्देशक विनोद प्रसाद मौनाली, भिजन फर मोटिभेसनका महेश प्रर्साई, विश्व पाटिका मिडियाका चर्चित पत्रकार अनिल खड्का, एभरेष्ट टिभिका अष्ट्रेलियाका नविन गौतम, नेपाल न्यूज अष्ट्रेलियाका माधव गैरे, पत्रकार महासंघका अध्यक्ष रिषि आचार्य, संस्थाका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे, इश्वर अविरल पोख्रेल, सल्लाहकार एंव कार्यसमितिका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम सफल पार्न विज वक्सका निर्देशक होमनाथ उपाध्याय, पोपर्टि पल्सका निर्देशक प्रमोद कार्कीले सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो । शेरया पौडेल, प्रदिप खनाल र एडिसा न्यौपानेले विभिन्न साँगीतिक प्रस्तुतीहरु राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै पोख्रेल ले संजालले गरेको यस कार्यक्रममा केवल ज़िल्ला बासी मात्रै नभई हरेक नेपाली समुदायलाई जोड़न पाउदा ख़ुशी रहेको व्यक्त गरे साथै सबैमा बिशेष धन्यवाद एवं आगामी दिनमा समेत यो खालको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 472 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार