२०८१ बैशाख १३ बिहीबार

झलनाथ खनाललाई ‘राष्ट्र गौरव’ पदक!!

काठमाडौं । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गरिन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो । संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।

२०७९ बैशाख ५, सोमबार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार