रात:निदाउनेहरुका लागि हो
आँसु:रुनेहरुका लागि हो
विश्राम:थाक्नेहरुका लागि हो
जिब्रो:बोल्नेहरुका लागि हो
रुप:देखाउनेहरुका लागि हो
मृत्यु:हार्नेहरुका लागि हो
कालो रात हैन,उज्यालो चाहन्छु म
बग्ने आँसु हैन,उन्मुक्त हाँसो चाहन्छु म
विश्राम हैन,निरन्तर हिँड्ने पाइला चाहन्छु म
बोल्ने जिब्रो हैन,पौरखी पाखुरी चाहन्छु म
सुन्दर रुप हैन,सफा मन चाहन्छु म
पराजित मृत्यु हैन,संघर्षशील जीवन चाहन्छु म
किनकी,
जाग्नेहरुका लागि हो👉️दिन
खुसी हुनेहरुका लागि हो👉️हाँसो
हिँड्नेहरुका लागि हो👉️पाइला
पौरख गर्नेहरुका लागि हो👉️पाखुरी
खुल्नेहरुका लागि हो👉️मन
जुध्नेहरुका लागि हो👉️जीवन