२०८० चैत्र १६ शुक्रबार

सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव सम्पन ।

सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव सम्पन ।

सर्वहित सकोसको १२ अैां वार्षिक वार्षिकोत्सव उपल्क्षमा आयोजित खुल्ला रक्तदान ,शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम शनिबार सम्पन भएको छ ।उक्त कार्यक्रम को अध्यक्षता संस्थाका अध्यक्ष शिव थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिब बसन्त सुबेदीले गरेका थिए ।उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा वडा नंबर १८ का वडा अध्यक्ष रण बाहादुर थापा रहेका थिए ।कार्यक्रमको उद्रघाटन प्रमुख अतिथि अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरेर गरेका थिए ।प्रमुख अतिथि थापाले रेडक्रस पोखरा १८ उपशाखा का रेडक्रस क्रमी तथा पहिलो रक्तदाता सुर्य प्रसाद तिमिल्सिना (पालुवा)लाई ब्लडबाग्य दिएर रक्तदान कर्यक्रमको सुरुवात गरेका थिए ।क्यालेण्डर बिमबोचन संस्थाका उपस्थित सम्पूर्ण सेयरसदस्यहरू तथा कर्मचारीरूले सामुहिक रूपमा गरेका थिए ।रेडक्रस कर्मी सुर्य प्रसाद तिमिल्सिनाले रेडक्रसका सिद्धान्त बाचन गरेका थिए ।उक्त रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखाका सभापति तथा सर्वहितका पूर्व अध्यक्ष सुर्य प्रसाद तिमिल्सिना (मुना)ले जानकारी दिए ।कार्यक्रम रेडक्रस जिल्ल शाखा रक्तसञ्चारका प्राबिधिकहरूलाई मायाको चिनो दिएर समापन भएको थियो ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 0 Minutes 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार