२०८१ चैत्र ८ शुक्रबार

युवाको नेतृत्व आजको आवश्यकताः उम्मेदवार बिध्यार्थी नेता बिनोद ।

देशै भरी चुनावको माहोल यति बेला तातीएको अवस्था छ । बारम्बार युवाको समय अनी पाली कहिले आऊने भनेर भनी रहदाँ आऊदो चुनावमा भने बिभिन्न राजनैतिक दल हरूले बिभिन्न स्थानमा आफु निकटको संगठनका युवाहरू लाई यति बेला धमाधम टिकट दिएको छ उम्मेदवारीको निम्ति । यसै सन्दर्भमा पोखरा वडा नम्बर ३३ मा युवा बिध्यार्थी नेता बिनोद भण्डारी ले सदस्य पदमा टिकट पाएका छन । उनको उम्मेदवारीले उक्त वडामा बिल्कुल युवाको संभाव्यता रहेको बताइएको छ ।

करिब एक दशक बढ़ी आफ्नो जीवन २०६७ देखी २०७८ सम्मको आफ्नो ऊर्जाशिल समय राजनीतिमा बिताएर अघी बधेका छन, उनी पोखरा-८ मा रहेको देश भरिकै सामुदायिक क्याम्पस हरू मध्यको ठुलो क्याम्पस जनप्रिय बहुमुखी क्यामपसमा अध्यन गर्दै गर्दा नेकपा एमाले निकट बिध्यार्थी संगठन अनेरास्ववियु क्यामपस कमिटीमा सदस्य, उपाध्यक्ष सम्मको ज़िम्मेवारी प्राप्त गरेका थिए । यति मात्र नभई उनी संस्थापक स्वतन्त्र बिध्यार्थी युनियन को अध्यक्ष पद्का उम्मेदवार समेत रहेका थिए । उनले बिध्यार्थिको छात्रवृत्ति, सरकारद्वारा बेला बेलामा बढ़ाइने पेट्रोलियम पदार्थको मूल्य बृद्धि को बिरोधमा आन्दोलनको नेतृत्व, नाकाबन्दीको बेलामा भारतीय बिस्तार बाद बिरुद्ध आन्दोलनको अग्रमोर्चामा रही काम गरेका थिए, क्यामपस प्रशासन संगको बिध्यार्थी सम्बन्धित वार्ता, कक्षा-कक्षामा आवश्यकीय चीज़हरूको अवस्थामा, गरीब भई पढ़ने अवसर गुमाऊने समयमा, प्राकृतिक प्रकोपमा राहतको समयमा लगायत अन्य महत्वपूर्ण अनी संबेदनशील कुरामा सदैब आफ्नो आवाज़ बुलन्द रुपमा प्रस्तुत गर्दथे त्यसैले पनी उनलाइ युवा अनी बिध्यार्थीले हेर्ने नज़र राम्रो रहेको बताउछन ।

त्यस पस्चात उनी देश कै ठुलो महानगर पोखरा महानगर पालिकाको अनेरास्ववियु महानगर कमिटीको निवर्तमान संयोजक समेत रहेर राजनीतिमा काम गर्दै आएका थिए । क्यामपस कमिटी, महानगर कमिटी, ज़िल्ला कमिटीमा रहदाँ उनले बिभिन्न कार्यक्रमहरू आफ़नो नेतृत्वमा सम्पन्न गरिसकेका छन । उनी राजनीति बाहेक पनी सामाजिक क्षेत्रमा समेत अगाड़ी बढ़ी रहेका छन । उनी समाज जागरण युवा क्लब-३३ का अध्यक्ष समेत हुन, उनले यी बाहेक पनी व्यवसायमा समेत आवद्ध छन ।

उनी सानै देखी सहयोगी, दूरदर्शी स्वभावका रहेका छन । आऊदो स्थानीय तहको निर्वाचनमा उनले आफ्नो उम्मेदवारी संगै वडाको बृहत्तर हित र बिकास संगै युवा मैत्री रहेर काम गर्ने समेत बताएका छन, राजनीति मात्र भनेर हुदैन देश बिकासकको निम्ति हरेक सामाजिक व्यक्तित्व हरू स्थानीय तहको चुनावमा उम्मेदवार रहेर जीत पछी बिकास र फोहोरि राजनीति लाई शुद्धीकरण गरेर सफा अनी निस्वार्थ राजनैतिक बिकास गर्नु हामी सबैको दायित्व र देश बिकास हाम्रो कर्तव्य रहेको बताए ।

उक्त वडामा अध्यक्ष पदमा शिवप्रसाद आचार्य, महिला सदस्य शान्ति उपाध्याय, दलित महिलामा लिला नेपाली, खुल्ला सदस्यमा सदस्य शंकर अधिकारी र बिनोद भण्डारी रहेका छन ।

२०७९ बैशाख १४, बुधबार प्रकाशित 1 Minute 794 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार