२०८१ बैशाख ८ शनिबार

उम्मेदवारी किन, आठबीस नगरपालिका प्रमुख, तर्क बहादुर बडुवालको राजनीतिक जीवन ।

दैलेख : २०१८ साल फागुन २१ गते आ.न.पा ८ तिलेपाटामा जन्मिनु भएका क.तर्क बहादुर बडुवाल सानै उमेर दिखे पढाईमा अब्बल व्यक्ति हुनु हुन्थो। २०२८ सालमा प्रा.वी तिलेपाटा बाट ५ कक्षा प्रथम भएका बडुवाल आफ्नो गाउमा माध्यामिक स्कुल नभएकोले माध्यामिक शिक्षा हासिल गर्ने २/३ दिन हिडेर दैलेख बजार गएर एक सालको कोर्स ३ महिना मात्र पढेर ६ कक्षा प्रथम श्रेणीमा उतीर्ण गरे पश्चात उनी कम्युनिस्ट आन्दोलनमा होमिए र २०३३ सालमा त्तकालिन (नेमकिसं)हरु सॅंग भेटधाट र माक्सवाद अध्ययन मडल मा अध्ययनगर्ने कंर्मा दैलेख जिल्लाका कम्युनिस्ट नेता प्रेम शाह , उद्य जंग शाही , हर्क ब. शाही, रंगनाथ जोसी लगायतका नेताहरु सॅग चिनजान साथै २०३६ सालमा सुरुवातमै तत्कालिन पंचायती व्यवस्था बिरुद देशव्यापी आन्दोलनमा सरीक भए!

त्यस्तै २०३६ साल जेठ १० गते राजा विरेन्द्रले जनमत संह्रको घोषणा गरेपछी बहुदलको पक्षमा प्रचार गर्न थाले । २०३६ साल पुस महिनामा बहुदल पक्षका नेताहरु बहुदलको पक्षमा सरिक भएको देखेर तत्कालिन भेरी अंचलाधिश महेभुप शाहको आदेशमा पक्राउ परे उनी संगै रंग ब. शाही हेम ब. शाही, दिल्ले पुजारी, शिबराज जोसी नन्द ब.शाही , भक्त ब.शाही लगायत दर्जनौ नेता थिए।

२०३६ फागुन बाट २०३७ असार सम्न कालिका मा.बि.मा अध्यापन गर्दा बिध्यार्थी हरुलाई संगठित बनाउने कार्य गरे। २०३७ साल बैशाख १० गते जनमत संग्रग गर्दा बहुदलको पक्षमा मतदान गर्न ठुलो भुमिका गरेको थिए। २०३७ भाद्र देखी २०४० सम्म नेत्राविसंगमा सक्रिय भै काम गरेको । पुन तिलेपाट अध्यायन गरेको नेत्राविसंगलाई सक्रीय गरेको निहुमा दैलेख जिल्ला प्रशासकले धम्काउने,मानसिक यातन दिने काम गरेको र पंचहरुले बिभिन्न मुद्दा ममिला लगाएर तनाब दिने गतिबिध गरेको ।

२०४२ सालमा पंचायती व्यवसथा बिरुद पोस्टरीङ पर्चारमा लागेको भर्मा पक्राउ गरेको । २०४५ सालमा शिक्षा आयोगको लेखित परिक्षामा अग्र पंक्तिमा नाम निकाल्दा पनी कम्युनिस्ट भएको निहुमा शिक्षक स्थायी नगरेको। २०४५ पुस देखी २०४६ जेठ सम्म रेडक्रस सोसाईटीमा नायव सुब्बा भई काम गरेकै बेला राजिनामा दिएको । २०४० साल देखी २०४६ साल सम्म भुमिगतरुपमा पाटी (नेमकिसं) जिला समिती सदस्य भएर काम गरेको ।

२०४६ सालको जनआन्दोलन सफल भै बहुदल आएपछी पाटी जिल्ला कोषाध्यक्षको भुमिका खेलेको। २०५२ श्रावण १० देखि २०६४ फागुन २४ गते सम्म पाटी जिल्ला समितीको अध्यक्ष भै काम गरेको । यो बेला संकटले घेरीएका थिए। २०६१ भाद्र २२ गते माओवादीले अपहरण गरेर १ हप्ता पछी छोडेका थिए।

२०७२/२०७३ को दोर्सो जनआन्दोलको क्रममा काठमान्डौमा २ पटक पक्राउ परेका थिए। २०६५ जेखी २०७० सम्म नेमकिपाको केन्द्रिय समिताको सदस्य रहेर काम गरेको । २०५६ सालमा रास्ट्रिय सभाको उम्मेदवार र २०६४ सालमा प्रतिनिधी सभाको उम्मेदवार भई पराजित भएको । २०७४ बैशाखको स्थानिए चुनाबमा आठबिस नगरपालीकाको मेयरमा पराजित भएको ।

२०७४ श्रावण महिनामा मजदु किसान पाटी परीत्यग गरी नेकपा एमालेमा प्रबेश गरी हाल कर्णाली प्रदेश कमिटाको सदस्य रही काम गरीहहेका बडुवा लामो समय कम्युनिस्ट राजनीतीको यात्रा गर्दै। कहिले ऊकाली त कहिले ओराली हुदै दैलेख जिल्लाको कम्युनिस्ट आन्दोलमा अविचलित नभई आफ्नो राजनिती यात्रमा ओफ्नो कुशल कमान्डीङ गर्दै दैलेखि जनताको मर्मर भाबना बुझन सक्ने एक मात्र झुझारु, ईमान्दार र कर्तव्यनिष्ठा साथै सक्षम लोकप्रिय नेता क. तर्क बडुवालज्यू रहेको स्थानीय एक नेताले विश्वपाटि लाई बताए ! उनी अहिले मेयर पदमा उम्मेदवारी दिएका छन ।

२०७९ बैशाख १५, बिहीबार प्रकाशित 0 Minutes 426 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार