२०८१ बैशाख ७ शुक्रबार

सिड़नीमा RSNA ले “म भित्रको म” आत्म-वृतान्त पुस्तक बिमोचन गर्दै ।

रुपन्देहि सामाजिक सन्जाल अष्ट्रेलियाको कला-संस्कृति तथा साहित्यिक समन्वय समिति (RSNA) को आयोजनमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन गर्ने भएको छ ।

यहि आऊदो शनिबार मे ७ तारिक अपरान्ह ३ बजे देखी ५ बजे सम्म ARNCLIFFE COMMUNITY CENTRE INCORPORAITING COROMATION AND ELIZABETH HALLS मा आयोजना हुन गइरहेको छ साथै सो बिमोचन एवं विश्लेषणात्मक अन्तरकृया कार्यक्रममा सिड्नी निवासी सम्पुर्ण साहित्य प्रेमी श्रस्टा पाठकवृन्द एबम् सर्जकलाई आरएसएनए अस्टे्लियाका कला संस्कृति तथा साहित्यिक समन्वय समितिका संयोजक सुचना पाण्डे ज्यू ले सबैलाई उपस्थिति भईदिनु हुन हार्दिक अनुरोध गर्नु भएको छ।

यो आत्मवृतान्त शात्तलाल मुल्मीले लेख्नु भएको हो उहाँ नेपालका प्रतिस्ठीत सामाजिक र मानव अधिकारका अभियन्ताका रुप चिरपरिचित हुनु हुन्छ।वहाँको बिगतको चार दशक भन्दा बढी नेपालका गैर सरकारी संस्थाहरुको संगठन, बिकास र बिस्तारमा उहाँको उल्लेखनिय योगदान रहेको छ ।

मुल्मीले ८० को दशकमा बेलायतको दातृसंस्था OXFAM को नेपाल स्थित प्रतिनीधीको रुपमा समेत काम गरिसक्नु भएको छ ।

वहाँले गैरसरकारी महासंघको महासचिवमा रहि एक दशक सम्म संस्थाको विकास मात्र नभएर यसको स्वतन्त्रता र स्वायत्तताका लागि सशक्त आवाज उठाइ रहनु भयो। आज यो महासंघ देशका ८ हजार बन्दा बढी संस्थाहरुको छाता संगठन भएको छ।

उहाँले सूर्ती नियन्त्रण लागि दिनु भएको योगदानको कदर स्वरुप विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय पुरस्कार पाउने नेपालको दोश्रो व्यक्ति हुन पनी सफल हुनु भएको थियो ।

हाल उहाँ बिभीन्न संघ-संस्था मा आवद्ध रही नेपाल सरकारको सामाजिक सेवा परिषदको सल्लाहकार सदस्य मा रही आफ्नो क्षेत्रमा क्रियाशिल समेत हुनु हुन्छ।

यो पुस्तक उहाँले हाल सम्म गर्नुभएको आफ्नो जिवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको छ उहाको अष्ट्रेलिया को भिजिट को क्रममा सो पुस्तक बिमोचन गर्न थालिएको आरएसएनए अष्ट्रेलिया अध्यक्ष मुक्तिराम पोखरेलले बिश्वपाटि लाई जानकारी गराउनु भयो ।

यस अघी संस्थाले बिभिन्न सामाजिक एवं नेपाली समुदायको हक़ र हित अनी भेटघाट गर्ने संगै रचनात्मक अनी सृजनात्मक कार्यक्रमहरू गर्दै आएको छ । गत महीनामा सिड़नीमा करिब ५०० जनाको उपस्थितिमा बृहत् बारबिक्यु कार्यक्रमको आयोजना समेत गरेको थियो जसमा राज मन्त्री प्रमुख अतिथि रहेका थिए ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 605 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार