२०८० जेष्ठ १६ मंगलवार

भोटेकोशिमा कांग्रेसका उम्मेदवार, गाईको मासु बेच्ने देखी ज्यान मार्ने उधोग सम्म ।

काठमाडौं ।

नेपाली काँग्रेसले भोटेकोशी गाउँपालिका लागि अध्यक्षको उम्मेदवार बनाएका व्यक्ति अबैध धन्दामा लाग्ने गरेको खुलासा भएको छ । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ निकासी गर्ने आरोप लागेका पासाङनुर्पू शेर्पा ज्यान मार्ने उद्योगमा पक्राउ परेका व्यक्ति हुन् ।

रहस्यमय ढंगले आर्थिक उपार्जन गरेका उनलाई २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएको आरोप छ । सोही अभियोगमा उनी पक्राउ परेका थिए । २०७५ कात्तिमा उनलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का लामाबिरुद्ध काठमाण्डौंको बौद्धमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

भारततर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो । सो बेला आर्थिक चलखेलका आधारमा थुनामुक्त भएका थिए । बौद्ध प्रहरी कार्यालयका तत्कालिन डिएसपी नरेन्द्र चन्दले शेर्पाको अपराधमा संलग्नता भएको जिकिर गरेका थिए । नेपाली काँग्रेसका नेताको भनसुनमा प्रहरी थुना बाट मुक्त भएका उनी त्यही बेलादेखि काँग्रेसका सम्पर्कमा आएको उनका नजिकका साथीहरु बताउँछन् ।

उनले अबैधरुपमा आर्जन गरेको सम्पत्तिले काँग्रेस सभापति शेरवहादुर देउवादेखि काँग्रेस सिन्धुपाल्चोकका नेता मोहन बस्नेतसम्मलाई प्रभावमा पारेर टिकट हात पारेको भोटेकोशीका काँग्रेसी नै बताउँछन् । उनले टिकट पाउनासाथ धेरै काँग्रेस कार्यकर्ताले पार्टी छोडेका छन् ।

फरार अवस्थामा रहेका शेर्पाका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ,दावा तामाङ बाङछेन शेर्पा पनि रहेको प्रहरीको भनाई छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।

सुरुमा बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका लामाको टोलीले गोरुको मासु,वाँदरको गिदी,गैडाको खाग,हात्तीको दारा,कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरुले काठमाडौंको नख्खु नजिक चाईना लङ फूड नामको कम्पनी सञ्चालन गरेर अबैध काम गरेको उनीहरुका निकटहरु बताउँछन् ।

यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने गरेको छ । उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । त्यसोत चीन बिरोधी बिवादास्पद धर्म गुरुको आडमा पनि लामाले अबैध काम गर्ने गरेका बताईन्छ ।

– जनप्रशासन खबर बाट साभार ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार