२०८१ बैशाख १३ बिहीबार

तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा ओएनफ वेस्टर्न अष्ट्रेलिया कमिटी गठन ।

तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा ओएनफ डब्लुए गठन

प्रवासी नेपाली मञ्च ‘ONF’ को पश्चिम अस्ट्रेलिया स्तरिय भेला यहि आइतबार मे १ तारिकका दिन भब्यताका साथ सम्पन्न भएको छ । उक्त भेलाले तेजेंद्र बिक्रम मल्लको अध्यक्षतामा १९ सदस्यिय प्रवासी नेपाली मञ्च, पश्चिम अस्ट्रेलिया गठन गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिब रमेश पान्डे ज्युको प्रमुख आतिथ्यता मा सम्पन्न भेलामा ओएनफ अस्ट्रेलिया अध्यक्ष केशब जोशी, ओएनफ अस्ट्रेलिया सचिव शिशिर नेपाल एवं ओएनफ अस्ट्रेलिया आर्थिक बिभाग प्रमुख राम घिमिरे ज्यु बिशेश अतिथिको रुपमा पाल्नुभएको थियो ।

आफू जहाँ गएपनी बिचार संगै जाने र बिचार कहिल्यै नमर्ने भन्दै मुख्य अतिथि रमेश पान्डे ज्यु लगायत सम्पुर्ण अतिथिज्युहरुले नव निर्वाचित कमिटि लाइ बधाई दिदै संगठनमा एक्यवद्धता जनाउदै समाजमा अग्रसर भएर सामजिक काम गर्न र कसैको जिवनमा सकारात्मक परिवर्तन सहितको सेवामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

होमनाथ निरौला ज्युले संचालक गर्नुभएको उक्त भेलाको सभापतित्व पर्थका अग्रज भैरब ढकाल ज्युले गर्नु भएको थियो ।

जहाँ स्वागत मन्तव्य ओएनएफ अष्ट्रेलियाका नेता मधु पन्थीज्युले राख्नुभएको थियो भने माधब ढुङाना ज्युले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

भेलाले चयन गरेको नवनिर्बाचित १९ सदस्यिय प्रवासी नेपाली मंच, पश्चिम अस्ट्रेलियाको
अध्यक्ष- तेजेंद्र बिक्रम मल्ल
उपाध्यक्ष- गुनाखर सुबेदी ‘दिपक’
सचिब- गोपाल घिमिरे
सह सचिव- याम पन्थी

सदस्यहरु
यम केसि
राजन घिमिरे
मुक्ति सिम्खडा
प्रदिप न्यौपाने
प्रकाश घिसिङ
अनिल भुसाल
हिमाल राना
दिलिप पान्डे
बिक्रम रेग्मि
बिबेक नेपाल
कृस्टी उप्रेती
बांकि ४ सदस्य पछि थपिने

नवनिर्बाचित ९ सदस्यिय सल्लाहकार समिति
भैरब ढकाल
मधु पन्थी
अग्निधर भन्डारी
माधब ढुङाना
कृष्णमान श्रेष्ठ
शेखर घिमिरे
सबिन आचार्य

बांकि २ सदस्य पछि थपिने गरिने गरी निर्णय गरीएको छ ।

२०७९ बैशाख १९, सोमबार प्रकाशित 1 Minute 478 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार