२०८१ बैशाख १२ बुधबार

भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँ जलमग्न !

२२ वैशाख, चितवन । सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।

हाकिम चोकमा अघिल्लो दिन साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।

महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधबार नै चितवन पुगिसकेका छन् ।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 0 Minutes 407 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार