
पुतलिबजार-१४, पोखरा प्रगतिशील अभियानद्वारा अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न ।
नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट आऊदो स्थानीय तहको चुनावको सन्दर्भमा पुतलीबजार नगरपालिका र वडा नम्बर १४ स्याङजा को उम्मेदवारहरू बिच अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवं पुतलीबजार बजार नगरपालिका मेयर पदका उम्मेदवार सिमा क्षेत्री, बिशेष अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा साबिक चण्डिकालिका गा बि स अध्यक्ष ओम शर्मा, पुतलीबजार नगरपालिका उप-मेयर पदका उम्मेदवार महेश पुरि र अतिथिको रुपमा वडा नम्बर १४ का अध्यक्ष पदका उम्मेदवार शेषराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सिमा क्षेत्री ले कार्यक्रममा सम्बोधन गर्दै सम्बृद्ध पुतलीबजार सुखि नगर बासी बनाउने अठोट का साथ आफु अनी आफ्नो टीमले विगतका दिनमा जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेको र गर्न बाकि रहेका काम आगामी दिनमा जनताले बिश्वास गरेको खण्डमा पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए साथै यस पटक पनी एमाले बिजयी हुने कुरामा सबैमा ढुक्क हुन समेत आग्रह गरेकी थीइन ।
अतिथि एवं वडा अध्यक्ष पद्का उम्मेदवार शेषराज ढकाल ले प्रत्यक्ष लाभ हुने बिकास निर्माण, स्वास्थ्य, शिक्षा लगाएतको स्थानमा काम भएको र वडा मा सुसासन सहितको समृद्ध वडा बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
पुतलिबजार-१४, पोखरा प्रगतिशील अभियान का संयोजक राज कुमार ढकाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचालन भने सचीव दिपिन ढकाल र स्वागत यादब गिरिले गरेका थिए ।
कार्यक्रममा स्याङजा, पुतलिबजार-१४ घर भई पोखरा बसोबास गर्दै आएका नेकपा एमाले समर्थक हरूको बाक्लो उपस्थिति रहेको कुरा सचिव दिपिन ढकालले बिश्वपाटी लाई बताए ।