२०८१ बैशाख ६ बिहीबार

कास्कीमा ४० भन्दा बढी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश -केपी ओलि बाट सम्बोधन !

पोखराः पुर्ब प्रधानमन्त्री एवम् नेकपा एमालेको अध्यक्ष के. पि. शर्मा ओलि ज्युको नेतृत्व रहेको नेकपा एमाले पार्टीको सोमबार पोखरामा आयोजित वृहद् चुनावी सभामा ४० बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष ओलिको सुखी नेपाल समृद्ध नेपाली भन्ने मुल नारालाई विश्वास गरेर उनीहरु यो पार्टीमा प्रवेश गरेका हुन् भन्ने बुझिएको छ। यसरी नै ओलि नेतृत्व रहेको पार्टीमा कार्यकर्ता प्रवेश गराउन सकियो भने नेकपा एमाले पार्टीले आउँदै गरेको स्थानीय तहको सदस्य चुनावमा देश भरका विभिन्न ठाउँहरुबाट उत्साहजनक मत ल्याएर जित हासिल गर्ने सम्भावना छ ।
प्रवेश गर्नेमा भर्खरै विभाजित नेकपा विप्लवका कार्यकर्तासमेत रहेका छन् । सभामा माओवादी केन्द्रकी सचिवालय सदस्य लक्ष्मी प्रसाद सुवेदी प्रवेश गरेकी छन् ।

त्यस्तै, कास्कीका विभिन्न पालिका र पोखरा महानगरअन्तरगतका वडाबाट स्वतन्त्र नागरिकसहित अन्य एमालेमा प्रवेश गरेका छन्।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 0 Minutes 447 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार