२०७९ आश्विन २० बिहीबार

के गर्दैछन् विजय गच्छेदार l

काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेताहरु निकै सक्रिय छन् । विभिन्न जिम्मेवारी लिएर स्थानीय निकायमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन खटिएका छन् ।

काँग्रेसका प्रभावशाली नेताहरुमध्ये विजयकुमार गच्छेदार भने कमै मात्र सार्वजनिक रुपमा देखिन थालेका छन् । काँग्रेसको महाधिवेशनमा झीनो मतान्तरले उपाध्यक्षको चुनाव हारेका गच्छदारले निकटस्थ हरु लाई चुनावमा निकट दिलाउन भने सफल भएका छन् ।

गच्छेदारले प्रदेश १ को सुनसरीका अलावा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा आफूसँगै काँग्रेससँग एकीकरणमा आएकाहरु लाई पालिकाको मुख्य पद हरुमा टिकट दिलाउन सके । गच्छेदार निकट स्थहरुले टिकट पाउन सफल पनि भए । यसबाट उनले आफ्नो प्रभाव देखाउन सके ।

गच्छेदार कमै मात्र सार्वजनिक रुपमा बोल्छन् । उनी मिडियामा पनि कमै आउँछन् । चुनावमा पनि उनले यस्तै शैली अपनाए । उनी आफू निकट स्थहरुलाई चुनाव जिताउन निकै लागि परेका छन् ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 0 Minutes 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।