काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न चाहेको खुलासा भएको छ । एमसीसी पास गर्नका लागि सर्वदलिय सहमतिका लागि भित्रभित्र लभिङ गरिरहेको खुलासा भएको हो ।
सापकोटाले आफ्नै कार्यकक्षमा पत्रकाररुसँग कुरा गर्दै यो परियोजनामा सर्वदलिय सहमति होस् भन्ने चाहेको कुरा बताएका थिए । यसको मतलव उनी संसदबाट एमसीसी पास होस् भन्ने चाहेका छन् ।
उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको घोषणा गरेका हुन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उनले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ’ उनले भने ।
यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।
उनले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकारलाई सुनाए । अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ ।
ADVERTISEMENT