२०८१ बैशाख १३ बिहीबार

मदन भण्डारी हरदिन मारिन्छन्: सन्देश गिरी ।

***********मदन हरदिन मारिन्छन्-कविता***********

सत्ता कब्जा गर्ने भुक्छन्
सदन सदन भन्दै,
सडक संघर्ष गर्ने चुक्छन्
सदन सदन भन्दै,
म दन दनि बलिरहेछु,
मदन मदन भन्दै।

आजकल त अनेक छ
बामपंथ नै फेक छ
ब्याज खान्छ ‘जबज’को
बैशाखी उसैको टेक्छ।

युवा पनि गजब यार!

झण्डा लिएर सर्छन्
मालिककै शरण पर्छन्
जनताको छोरो ‘दास’
-ढुङ्गा मुनि झर्छन्
आँखा चिम्काई बक्सियोस्
जनता मिल्काई बक्सियोस्
राजा बस्ने खोपीमा आजकल
राक्षस बस्ने गर्छन्।

तिम्रो फोटो संगसंगै कार्यलय नि सारीन्छन्
बल्खुको ‘शितल’मा मदन हरदिन मारिन्छन्।।

– सन्देश गिरी

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार