२०८१ बैशाख ११ मंगलवार

आयल निगमले ह्वात्तै बढायो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल १८०, ग्यास १८ सय

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ।
निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 428 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार