
पोखरा, जेठ ११ । सत्ता गठबन्धनलाई पराजित गर्दै पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयीहुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका कोपिला रानाभाटलाई पराजित गर्दै गुरुङ दोस्रोकार्यकालका लागि पोखरा महानगरको उपप्रमुखमा विजयी हुनुभएको हो ।
गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी रानाभाटले ५६ हजार ६६३ मत ल्याउनुभयो । विसं २०७४ को पहिलोनिर्वाचनमा गुरुङले काँग्रेसका सरस्वती गुरुङलाई पराजित गरेर उपप्रमुख निर्वाचित हुनुभएको थियो ।
यसैगरी उपप्रमुखमा राप्रपाका रञ्जना कुमारी सेन पौडेलले पाँच हजार ६९९, विवेकशिल साझाका माधव भण्डारीले २६४ र आमुलपरिर्वतन मसिया पार्टीका पदमबहादुर गुरुङले १३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपप्रमुखमा राजनीतिक दल तथा स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका थिए ।