२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न!!

राष्ट्रिय युवा संघ नेपाल पोखरा–१५, को रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार पोखरा महानगरपालिका वडा नं. १५ वडा कमिटीले मिति २०७९।०२।११ गते, बुधबार का दिन गरेको आकस्मिक रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । सो रक्तदान कार्यक्रममा कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीका अध्यक्ष क. नविन रानाले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि नवनिर्वाचित वडाध्यक्ष क. तोरण बहादुर बानियाँ, विशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष क. पान बहादुर जि.सी., जिल्ला कमिटी सचिव क. नमराज के.सी., जिल्ला सदस्यहरु ः सागर गुरुङ्ग, उमेस विसुङ्खे, सोम पुन, नवनिर्वाचित वडा सदस्यहरु आशिष भण्डारी, बलराम पौडेल उपस्थिति हुनुहुन्थ्यो । सो कार्यक्रम वडा कमिटीका सचिव क. सन्तोष जलारीले संचालन गर्नुभएको थियो ।

पोखरामा रगतको अभाव भएको जानकारी पाए लगत्तै राष्ट्रिय युवा संघ नेपाल, कास्की जिल्ला कमिटीले सो कार्यक्रम आयोजना गरेको थियो । मिति २०७९।०२।१४ गते राष्ट्रिय युवा संघ नेपाल माछापुच्छे« गाउँपालिका कमिटीले र मिति २०७९।०२।१३ गते राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीले रक्तदान कार्यक्रम आयोजना गर्ने कुरा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका कास्कीका सचिव नमराज के.सी.ले जानकारी गराउनुभयो ।

२०७९ जेष्ठ ११, बुधबार प्रकाशित 0 Minutes 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार