२०८१ फाल्गुन ७ बुधबार

५ कराेड २० लाख ठगेकाे आरोपपछि चाँगुनारायण-७ का वडाध्यक्ष फरार l

भादगाउँ । ५ कराेड रुपैयाँ ठगेकाे आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका-७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार हुनुभएकाे छ ।

भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गा समेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगेको आराेप लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार हुनुभएकाे हाे । उहाँकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

अधिकारी र ईश्वर गाइजुसहितको टोलीले चाँगुनारायण नगरपालिका-८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैनाबापत करारनामा गरी ५ करोड २० लाख ठगेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ का धनीराम राईले जाहेरी दिनुभएकाे थियाे ।

त्यसपछि प्रहरीले केहीलाई पक्रेर अुनसन्धान थालेकाे थियाे । उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौंले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजुलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमति बिना बैना रकम लिई ठगेको अभियोगमा शुक्रबार पक्रेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायत व्यक्तिको संलग्नता देखिएको र उनीहरु विरुद्ध पक्राउ पूर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘वडाध्यक्षसहित ६ जनाको नाममा पक्राउ पूर्जी जारी भएको थियो, केशव अधिकारी र ईश्वर गाइजु हाल अनुसन्धानका क्रममा थुनामा छन्, अन्य चार जना फरार छन्’- उहाँले भन्नुभयाे ।

– रासस

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 1 Minute 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।