
बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ ।
यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।शाहा गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।साभार:nepalpress