
कस्ता थिए त राजा बिरेन्द्र शाह परिवार, हेर्नुहोस् चित्र सहित नालीबेली
१९ जेठ २०७९ काठमाडौँ । महेन्द्र वीर विक्रम शाह र इन्द्रराज्य लक्ष्मी देवीको ज्येष्ठ सुपुत्रका रूपमा राजा वीरेन्द्रको जन्म विसं २००२ पुस १४ गते काठमाडौंको नारायणहिटीमा भएको थियो । २०२६ सालमा ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग विवाह सुसम्पन्न भएर २०२८ मा दीपेन्द्र, २०३३ मा श्रुति र २०३६ मा निराजन शाहको जन्म भएको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपछि नेपालको राजगद्दीमा राजा वीरेन्द्र राज्याभिषेक भएका थिए ।
उनको जीवनकालका भएका उल्लेखनीय र विशेष कामहरु यस प्रकार छन् । राज्याभिषेक २०३१, शान्ति क्षेत्र प्रस्ताव सन् १९७३ (२०३०), राज्याभिषेक २०३१, जनमत सङ्ग्रह घोषणा २०३६, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा योगदान २०४२, बहुदलीय प्रजातन्त्र घोषणा २०४६, नेपाल अधिराज्यको संविधान घोषणा २०४७, आमनिर्वाचन २०४८, मध्यावधि निर्वाचन २०५१, आमनिर्वाचन २०५६ र मृत्यु २०५८ जेठ १९ ।
राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थामा १८ वर्ष सक्रिय शासन गरेका राजा वीरेन्द्र २०४६ को बहुदलीय व्यवस्था आगमनपछि २०४७ को संविधानमा संवैधानिक राजतन्त्र स्वीकार गरी राजसंस्थालाई संविधानको परिधिभित्र मन्जुर बनेका थिए । राजतन्त्रको भविष्यको दीर्घायूको लागि उनले लिएको उचित निर्णय संवैधानिक राजा भएर जनताले पस्केको मानो खाएर सम्मानित भएर बस्नु थियो ।राजा बिरेन्द्र,एैश्वर्य, श्रुति, दिपेन्द्र र निराजन लगायत सपरिवारको विसं २०५८ जेठ १९ गते सपरिवार हत्या भएको थियो ।