२०८१ फाल्गुन ७ बुधबार

वाम एकता मुलुकको आवश्यकता हो : झलनाथ खनाल l

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्व स्थित संसद् भवन पुगेका नेता खनालले सञ्चारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको पनि बताए ।

वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उनको गुनासो थियो । खनालले नेताहरूले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझे सम्म एकता सम्भव नहुने स्पष्ट पारे । ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

सञ्चारकर्मी हरुको जिज्ञासाको जवाफ दिँदै खनालले बजेट माथि छलफल भइरहेको बेलामा सांसद हरूको न्यून उपस्थिति हुनु राम्रो नभएको बताए । संसद्लाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले बताए । ‘यो राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसद्लाई कसरी हेर्नुहुन्छ, त्यसको महत्त्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहस, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्त्वलाई कति गम्भीरता पूर्वक लिनुहुन्छ भन्ने कुरामाथि पनि निर्भर गर्छ । यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणाम ल्याउन सक्छ,’ उनले भने ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।