२०८० आश्विन १७ बुधबार

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिबन्ध l

२१ जेठ, ब्रसेल्स । यूरोपेली संघले शुक्रबार रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।

रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।

यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

रूसले यूक्रेनमाथि आक्रमण गरेकोमा धेरै देशले विरोध जनाएका छन् भने अधिकांश अन्तर्राष्ट्रिय निकायहरूले वार्तामार्फत् विवाद अन्त्य गर्न आग्रह गर्दैआएका छन् ।

रूसले यूक्रेनमा आक्रमण सुरु गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । इन्धन व्यापारमा प्रभाव परेकाले विश्वका धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर परेको हो ।

एएफपीबाट

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।