२०८१ बैशाख ७ शुक्रबार

जनप्रतिनिधिहरुलाई स्वागत सम्मान र बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण।

२५ जेठ २०७९
पोखरा
जनप्रतिनिधिहरुलाई स्वागत सम्मान र बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण।
चिल्ड्रेन नेपालको आयोजनामा नब निर्बाचित जनप्रतिनिधिहरुलाइ स्वागत सम्मान र बालबालिकालाई शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न ।उक्त कार्यक्रम संस्थाका महासचिव जयेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्य सदस्यहरु क्रमशः बसुन्धरा लामिछाने ,सुनिता परियार , अर्जुन थापा र बिष्णुमणि बराल तथा वडा नम्बर ५ का अध्यक्ष बिष्णु प्रसाद बराल सदस्य एबम नगर कार्यपालिका सदस्य हरिमाया बिश्वकर्मा ,सदस्यहरु क्रमशः कल्पना क्षेत्री ,गोबिन्द प्रसाद पराजुली र मणिराज बराल लाई चिल्ड्रेन नेपालको तर्फबाट स्वागत र सम्मान गरिएको थियो । कार्यक्रममा चिल्ड्रेन नेपाल बाट बिद्यालय पढ्न सहयोग गरेका श्रीकृष्ण मा बि र बाराही मा बि का बालबालिकालाई अध्यक्षद्वयबाट शैक्षिक सामाग्री र बिद्यालय पोशाक बितरण समेत गरिएको थियो ।

कार्यक्रममा बालबालिकाको साथमा अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा श्रीकृष्ण मा बि का ब्यबस्थापन समितिका अध्यक्ष पुरुशोत्तम रेग्मीले बिपन्न परिबारका बालबालिकालाई बिद्यालय शिक्षामा गरेको सहयोगले धेरै बालबालिका शिक्षाको पहुँचमा रहेको र यो सहयोगको उचित उपयोग गर्न पनि बालबालिकालाई सुझाव दिनु भएको थियो ।कार्यक्रममा हरिमाया बिश्वकर्माले संस्थाको कामको प्रसंशा गर्दै आफू पनि युबा शान्तिका प्रबर्तक कार्यक्रमबाट जोडिएको आफ्नो अनुभव बताउदै बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था संग वडा कार्यलयले समन्वय र सहकार्य गर्ने कुरामा जोड दिनु भएको थियो ।
वडा नम्बर ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले जनताको सेवक भएको हुनाले कुरा भन्दा काममा अगाडि बढेर जनतालाई सेवा पुर्याउनु पर्ने कुरामा जोड दिदै बालबालिका सवालमा संस्था संग सहकार्य गर्दै काम गर्ने कुरा बताउनु भएको थियो । त्यसै गरि वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्यले संस्थाको कामको प्रसंशा गर्दै प्रभावकारी रूपमा सहकार्य र समन्वय गरेर अगाडि बढने कुरा बताउनु भएको थियो । कार्यक्रमको अन्तमा संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सम्पूर्ण जनप्रतिनिधिलाई ब्यस्त समयका बाब्जुद पनि बालबालिकाका सवाललाई महत्त्वपूर्ण ठानेर संस्थाको निमन्त्रणालाई स्वीकार गरि उपस्थिति भएर कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद दिदै संस्थाले वडा कार्यलयहरु संग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको अन्तमा महासचिव जयन्द्र भट्टराईले संस्थाले वडा कार्यलयहरुसंग सहकार्य समन्वय गर्दै साथसाथ अगाडि बढ्ने कुरा बताउनु भएको थियो । कार्यक्रममा संस्थागत गतिविधिको जानकारी वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले गर्नु भएको थियो भने वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले उपस्तिथ सम्पुर्णलाई स्वागत र कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियो ।कार्यक्रमको संचालन सह सयोजक रमेश सुबेदीले गर्नु भएको थियो ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार