
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हाे ।
भक्तपुरको चागुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उपत्यकाका तीन जिल्ला सहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।