२०८० मंसिर २४ आईतवार

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिइ ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात समेत दिइ ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाईलगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाइदिन्छु, काम लगाइ दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारेको आरोप छ।

भिषा प्रोसेसिङ एवं हवाई टिकटका लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिइ ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार