२०८२ बैशाख १५ सोमबार

गाली शिरोमणिको उपाधि प्रेम आलेलाई दिइयोस् : झपट रावल

काठमाडाैं । नेकपा एमालेका सांसद् झपट रावललेले गठबन्धन सरकार काण्डै-काण्डकाे सरकार भएकाे बताउनुभएकाे छ ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् रावलले गठबन्धनका सरकारका मन्त्रीकाे कार्यशैलीले लज्जाजनक रहेकाे बताउनुभयाे । आफ्नै मातहतका कर्मचारीलाई अश्लिल गाली गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणिको उपाधि दिन समेत उहाँले माग गर्नुभयाे ।

कुनै पनि प्रणालीलाई सञ्चालन गर्न सभ्य समाजकाे सभ्य संस्कृतिलाई आत्मसाथ गर्नुपर्नेमा मन्त्री आलेले संस्कृतिकै धज्जी उडाएकाे उहाँले बताउनुभयाे । सांसद् रावलले भन्नुभयाे – ‘संस्कृतिकाे संरक्षण र नयाँ संस्कृति संरक्षण गर्न संस्कृति मन्त्रालय बनाएकाे हाे,सामाजिक मूल्य-मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्री जस्तो गरिमा पदमा बसेको व्यक्तिले कहिले सर्वसाधारण र कहिले आफ्ना मातहतका कर्मचारीप्रति बोलिएका शब्द र गरिएकाे व्यवहारले हाम्रो सभ्यतालाई बेइज्जत गरेको छ, यस्ता गाली शिरोमणिलाई संस्कृति मन्त्रीको सट्टा गाली शिरोमणिको उपाधिले विभूषण गर्नुहुन हार्दिक अनुराेध गर्छु ।’

नेपाल वायु सेवा निगमकाअध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै मन्त्री आले फेरि विवादमा तानिनुभएकाे छ । यसअघि पनि मन्त्री आलेले कामको सिलसिलामा भारत पुगेका एक नेपाली युवकसँग अश्लील गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

२०७९ असार ४, शनिबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार