२०८१ बैशाख ११ मंगलवार

झाक्रि समुहले माधव नेपाल विरुद्ध समानान्तर गतिविधि सुरु ।

काठमाडौँ — नेकपा एकीकृत समाजवादीभित्र मन्त्री फेरबदलको रडाको मच्चिएपछि पार्टी नै संकटमा परेको छ । पार्टी सचिवालकै निर्णयविरुद्ध बहालवाला मन्त्रीहरुले समानान्तर गतिविधि चलाइरहेका छन् ।
जबकि गठबन्धनको सरकारमा मन्त्री फेर्नु र रहनुको औचित्य पुष्टि नै भएको छैन । प्रेम आले र किसान श्रेष्ठ मन्त्री बन्नकै लागि एमाले विभाजनका बेला माधवकुमार नेपालतिर हाम फालेका थिए ।

रामकुमारी झाँक्री र विरोध खतिवडा भनेओली नेतृत्वको एमालेमा मन्त्री हुनै नपाउने छाँट देखेपछि फरक पार्टी निर्माणका लागि माधव नेपाललाई हात डो¥याएरै निर्वाचन आयोगको ढोकासम्म धकेलिदिएका पात्र हुन् ।उपहार स्वरुप नौं महिना पहिले नै माधव नेपालले यी व्यक्तिलाई मन्त्रीबनाए । अहिले निकाल्न खोज्दा पार्टीमा समानान्तर अभ्यास नै चलाउन खोजेका छन् ।

करिब तीन साताअघि पार्टी अध्यक्ष नेपालले बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई सिफारिस गरेको थियो भने, राज्यमन्त्री भवानी खापुङको बढुवा गर्दै मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्रीमापठाउने निर्णय गरेको थियो । तर आफु हट्नु परे आफु अनुकुलकै पात्रलाई छोड्ने भन्दै बहालवाला मन्त्रीहरुलेशनिबार कृष्णलाल श्रेष्ठ, निरादेवी जैरु, धनबहादुर बुढा र दाङका हिराचन्द्रकेसीलाई मन्त्री र गोपाल बमलाई राज्यमन्त्री बनाउने प्रस्ताव गरेको छन् ।
नेपालले पार्टी सचिवालयमार्फत गराएको निर्णय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समय तामेलीमा राखिदिएपछि समाजवादीमा अहिले अशान्ती मच्चिएको छ ।
पार्टी अध्यक्ष नेपालसहितको नेतृत्व पंक्तिले सरकारबाटफर्किन दबाब दिइरहेका बेला शुक्रबार चारमन्त्रीले १० सांसदको हस्ताक्षरसहित नेतृत्वलाई पत्र नै बुझाए । अपरिपक्क निर्णय गरेको भन्दै आक्रामक बनेका उनीहरुले शनिबार पार्टीले गरेको सिफारिसविरुद्ध फरक सूची तयार पारेका छन् ।फलतः अहिले समाजवादीभित्र विगतमा एमालेकै जस्तो समानान्तर गतिविधि चलिरहेको छ ।

मन्त्री छोड्न र मन्त्री हुनकै लागि मरिहत्ते गरिरहेका नेताहरुका कारण समाजवादीपार्टी निर्माणको एक बर्ष नपुग्दै धरमराएको छ ।पार्टीले सिफारिस गरेपछि समयमै निर्णय कार्यान्वयन गराउनुपर्ने प्रधानमन्त्रीसमेत यसमा बाधक जस्तो बनेका छन् । मन्त्री हेरफेरकै विषयले द्वन्द्वको अवस्था बनेपछि पार्टीमा सन्तुलन मिलाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको छ ।

नेपालको संकटमाथि पूर्वसहयात्री तथा विभाजनका बेला अन्तिममा ओलीतिरै हानिएका नेताहरुले ‘खुच्चीङ खाइस’ शैलीमा असन्तोष प्रकट गरिरहेका छन् । तर नेपालले आफूलाई साथ नदिई एमालेमै रहेका दश भाईलाई दासहरुको संज्ञा दिँदै धारे हात नलाउन सुझाव दिएका छन् ।

समाजवादीमा मन्त्री फेरिदाँ त्यसको दबाब काँग्रेस र माओवादीमा पर्नेछ । जसपा यसै विभाजनमा डिलमा छ ।तर मन्त्री फेर्नु र रहनुको औचित्य भने कतैबाट पुरा भएको छैन ।

जबकि सरकारमा हुँदा पनि उनीहरुले कुनै ढंगको काम गर्न सकेका छैन । चर्चामै शहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीदेखि अश्लिल गालिगलौजमा पटकपटक मुछिएर नैतिकता गुमाएका प्रेम आलेसम्मै सरकारमा रहनुको औचित्य छैन ।
माओवादीका नैतिक हराम अर्थमन्त्री जनार्दन शर्मादेखि काँग्रेसका काम न काजका राज्यमन्त्री उमेश श्रेष्ठ हुँदै परराष्ट्रमन्त्री नारायण खड्कासम्म सरकारमा रहनुको औचित्य पुष्टि हुन सकेको छैन ।फलतः मन्त्रीको लडाई पार्टी र सत्ता स्वार्थका लागि आवश्यक भएपनि मुलुकका लागि दुरदशा मात्र बनेको छ ।

२०७९ असार १२, आईतवार प्रकाशित 0 Minutes 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार