२०८१ बैशाख ८ शनिबार

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिको आयोजनामा भएको प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता सप्पन्न !!

नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समितिको आयोजनामा भएको प्रथम बिपि स्मृति फुटबल प्रतिनियोगिता २०७९ असार १७ गत्ते समापन भएको छ । उक्त प्रतियोगिता ७ दिन सम्म चलेको थियो । बिश्वबिद्धालय भित्रका विभिन्न कक्षाका छात्रा तर्फ १२ ओटा र छात्र तर्फ २४ ओटा टिमले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको उद्घाटन नेबि संघ निबर्तमान महामन्त्री दीपक भट्टराईको प्रमुख आथित्वमा भएको थियो । कार्यक्रमको सभा अध्यक्ष नेबि संघ पोखरा बिश्वबिद्धालयका सभापति दिपेन्द्र गौतमले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन ने बि संघ पोखरा बिश्वबिद्धालयका सचीव रमेश चन्द्र जोशी ले गर्नु भएको थियो । १७ गत्ते सम्पन्न भएको समापन कार्यक्रमको प्रमुख अथितीको रुपमा पुर्ब कानुन मन्त्री यज्ञ बहादुर थापा रहनु भएको थियो साथै बिशिस्ट अतिथिको रुपमा पोखरा बिश्वबिद्धालयका उपकुलपति डा. प्रेम नारायण अर्याल , नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त्त बराल , कास्की क्षेत्र न . १ का सभापति राजेन्द्र मणि लामिछाने , पोखरा -३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी , कास्की कांग्रेसका सहसचिव शंकर ढुंगाना , माछापुच्छ्रे गाउपालिकाकि उपाध्यक्ष सीता अधिकारी , पोखरा बिश्वबिद्धालयका रजिस्ट्रार , कन्ट्रोलर , चार ओटै सन्कायका डिन र डिरेक्टर रहेका थिए । मदन साउद सयोजक रहेको उक्त कार्यक्रमको स्वागत मन्तव्य नेबि संघ पोखरा बिश्वबिद्धालयका उपसभापति अशिम सुबेदीले राख्नु भएको थियो । कार्यक्रमको बारेमा थप चर्चा आयोजक कमिटीको तर्फबाट हेमन्त खड्काले राखेका थिए । खेल , मनोरञ्जन र सिकाइ तीन ओटै कुरालाई मिलाएर अघि बढ्न हरेक बक्ता हरुले विद्यार्थीहरु सुझाव र शुभकामना दिएका थिए । कार्यक्रमको अथितीको रुपमा कास्की -१ प्रदेश -१ का कांग्रेस सहसचिव सुबास भण्डारी , त्रिचन्द्र क्याम्पसका नेबि संघ सभापति शान्ता बास्ताकोटी , ने बि संघ नेता पशुपति भट्टराई , नेबि संघ कास्की निबर्तमान अध्यक्ष बिकास थापा , तरुण नेता प्रकाश पुन , नेबि संघ नेताहरु प्रताप बानिया ,राजिब बास्तोला , निर्दोष बिक्रम पौडेल , बिजय घिमिरे , पृथ्वीनारायण क्याम्पस सभापति गौरव बराल , पोखरा महानगर नेका सहसचिव सन्जय आले, पियु नेबि संघ पुर्ब सभापति फिरोज सुवेदी , राजेन्द्र बराल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको कुरा कार्यक्रमका सन्चालक रमेश चन्द्र जोशीले जानकारी दिनु भयो।
आयोजकको तर्फबाट यस्तो निकै महत्वपूर्ण कार्यक्रम सन्चालन गर्न पाएको र भब्य तवरले समापन गर्दा खुसी महसुस भएको आयोजक विद्यार्थी नेताहरु दीपेन्द्र गौतम , फिरोज सुवेदी , डिफन भुजेल , रमेश चन्द्र जोशी , अशिम सुवेदी , मदन साउद , सन्देश खत्री , मनिश चौधरी , अभिनास अधिकारि ,प्रबिन ओझा, बसन्त घिमिरे , हेमन्त खड्का , जगदीश भण्डारी , प्रजित बास्तोला ,किरन पौडेल , सन्तोष गुरुङ लगायतका विद्यार्थी नेताहरु संघको सम्बाद बाट प्रतिक्रिया प्राप्त भएको थियो । उप्त कार्यक्रममा रेफ्री र फिजिओहरुको पनि महत्वपूर्ण भुमिका रहेको कुरा नेता जोशीले बताउनु भएको थियो ।प्रथम बिपि स्मृति कप फुटबल प्रतियोगिताको प्रथम छात्र तर्फ टिम soe 2nd बर्स सिबिल एण्ड रुरल भएको छ भने दित्तिय sob 4th year भएको छ । प्रथम र दित्तिय हुने टिमले क्रमश रु ३०००० मेडल ट्रफी र प्रमाणपत्र , १८००० मेडल र प्रमाणपत्र पाएका छन । यसै गरि छात्रा तर्फ टिम soe 4th year ( rcj ) ले प्रथम र sob 3rd year दित्तिय भएको छ दुबै टोलिले क्रमस रु १०००० मेडल ट्रफी , प्रमाणपत्र र क्यानोयिङ साथै दितिय टोलिले ८००० मेडल र प्रमाणपत्र पाएका छन हिजै अथितीहरु हातबाट प्रमाणपत्र दिएको कुरा उप्त कार्यक्रमका सन्चालक रमेश चन्द्र जोशी ले जानकारी दिएका छन ।आगामी बर्समा पनि यो कप निरन्तर चल्ने सभापति दीपेन्द्र गौतमले उद्घोष गरेका छन । कार्यक्रम सन्चालन गर्न निक्कै महत्वपूर्ण भुमिका निर्बाह गर्ने विद्यार्थी , स्थानिय नेता गण र आयोजक परिवार प्रती कृतज्ञ भएको कार्यक्रमका सयोजक मदन साउद , डिफन भुजेल र हेमन्त खड्का लगायतको प्रतिक्रिया थियो । हजारौं विद्यार्थीहरुको सहभागीता भएको उप्त कार्यक्रमबाट विद्यार्थी नेबि संघ प्रती धेरै आस्था र बिश्वास राख्ने प्रमाणित भएको र केही संगठन भित्रका दुई तीन जनाको लागि मात्रै १२/१३ सय जना संगठित भएको ने बि संघ पियुले ती दुई तीन जनालाई वास्ता नगर्ने उद्घोष समेत गरेका छन ।लगभग ५ लाखको हाराहारीमा खर्छ भएको आयोजकहरुको भनाइ रहेको छ र छिट्टै खर्च विवरण सार्बजनिक गर्ने आयोजकको तयारी छ।

२०७९ असार १८, शनिबार प्रकाशित 1 Minute 444 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार