२०८० चैत्र १६ शुक्रबार

संविधानमाथि चुनौती दिदै सप्तरी ४ बाट पराजित मृगेन्द्रलाई कृषिमन्त्री

काठमाडौं, २० असार । नेपालको संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनेको छ । संविधानले तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई मन्त्री बन्न अयोग्य भनेपनि मृगेन्द्रकुमार सिंह कृषिमन्त्री नियुक्त गरिएका छन् ।

सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिसकेकी छिन् । उनले आजै अपरान्ह शपथ खाँदैछन् ।

सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित सिंहले पार्टी नेतृत्वलाई नै प्रभावमा पारेर राष्ट्रिय सभा सदस्य बन्न सफल भए । यही आधारमा उनी मन्त्री नियुक्त गरिएका छन् ।

सिंहको नियुक्तिले अहिले धेरै प्रश्न उब्जिएको छ । यो विषय अब अदालतमा जाने निश्चित भएको छ ।

बर्दियाबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका वामदेव गौतमले पनि प्रधानमन्त्री बन्ने निकै प्रयास गरे । उनले संविधानको धारा नै परिवर्तन गर्न खोजे तर सकेनन् । उनी राष्ट्रिय सभा सदस्य मनोनित भए । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने नियम बनाउन खोजे । तर, त्यो पनि सफल भएन । यसरी चुनावमा पराजित उम्मेदवारहरु मन्त्री या प्रधानमन्त्री बन्न आफू अनुकूलको नियम कानून बनाउन खोज्ने वा त्यस्तो व्याख्या गर्ने गर्दै आएका छन् ।

२०७९ असार २०, सोमबार प्रकाशित 0 Minutes 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार