२०८१ माघ २७ आईतवार

माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे ।

‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन माग गरेका थिए ।

२०७९ असार २०, सोमबार प्रकाशित 0 Minutes 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।