२०८० जेष्ठ २० शनिबार

लक्की शेर्पाको प्रश्न संघीयतालाई किन यति कुरुप बनाईयो ?

काठमाडौं, असार । नेकपा (एमाले) की नेतृ तथा पूर्व राजदूत लक्की शेर्पाले संघीयतालाई सबल बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले अहिले अभ्यास गरिएजस्तो संघीयताले जनता सुकाउने र सिमित वर्ग मोटाउने मात्रै हुने भयो भन्ने पनि चिन्ता व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत नेतृ शेर्पाले संघीयतालाई किन यति धेरै कुरुप बनाईयो ? भन्दै प्रश्नपनि उठाएकी छिन् । उनले लेखेकी छिन्–

‘यो खाले संघियता ले जनता सुकाउने सिमित बर्ग मोटाउने मात्र हुने भो । संघियता लाई किन यती कुरुप बनाइयो ?? यो के संघियता हो त ?? के हाम्रो प्रादेशिक समरचना जनता को सेवा मा केन्द्रित छ त ? के अहिले को प्रशासन सम्यन्त्र ले प्रदेश र स्थानिय निकाय लाई बलियो बनाउन भूमिका खेलेको छ त ?? संघियता लाई सबल बनाउन पहल गरौ न कुरुप नबनाऔ” ।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार