२०८१ बैशाख ८ शनिबार

कहाँ छिन् ‘कन्ट्रोभर्सी क्वीन’ वीना मलिक

मुम्बई, ३१ असार । बिग बोस सिजन ४ मा आफ्नो सुन्दरता रोमान्टिक अन्दाजले दर्शकको मन जितेकी वीना मलिक सायदै सबैले भुलेका होलान् । अश्मित पटेलसँग बीबी हाउसमा उनको रोमान्सले शोको टीआरपी बढेको जगजाहेर नै छ ।

आफ्नो सुन्दरता र बेवाक शैलीका कारण लोकप्रिय बनेकी पाकिस्तानी अभिनेत्री मलिक अहिले कहाँ, के गर्दैछिन् भन्नेमा आमचासो छ ।

वीनाले कैयौं पाकिस्तानी र बलिउड फिल्ममा काम गरेकी छन् । उनले पाकिस्तानी फिल्म ‘तेरे मेरे प्यार मे’बाट अभिनयमा पाइला चालेकी थिइन् । त्यसपछि उनी ‘ये दिल आपका हुआ’, ‘कोई तुझ सा कहाँ’, ‘क्यो तुमसे इतना प्यार है’ जस्ता फिल्ममा देखिइन् ।

बलिउडमा उनले सन् २०१२ मा ‘दाल मे कुछ काला है’मा अभिनय गरिन् । त्यसपछि उनी ‘सुपरमोडल’, ‘जिन्दगी ५०(५०’, ‘मुम्बई १२५केएम थ्रीडी’ जस्ता फिल्ममा देखिइन् । भारतमा वीनालाई बिग बोसले चर्चामा ल्यायो । उनले सन् २०१४ मा अन्तिम तेलुगू फिल्म ‘नंग्ना सित्यम’ मा अभिनय गरिन् । अहिले उनले शोबिज उद्योगबाट दूरी बनाएकी छन् ।

वीना अहिले पाकिस्तानमै छिन् । उनलाई त्यहाँ दर्शकले ‘कन्ट्रोभर्सी क्वीन’ नामले चिन्छन् । उनले सन् २०१३ मा व्यापारी असद बशीर खानसँग विवाह गरेकी थिइन् । तर सन् २०१८ मा उनीहरूको डिभोर्स भयो । दुई सन्तान सन्तानसँगै उनी हाल पाकिस्तानमा छिन् ।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार