२०८१ बैशाख १३ बिहीबार

मलाइ परिवर्तन भैस नभन्नु ल !! ✍🏽 बिमल सुबेदि

मलाइ परिवर्तन भैस नभन्नु ल !!
✍🏽 बिमल सुबेदि @golden_bee🐝

यो म संग मिलेन
म यो संग मिल्दिन
यो कसै संग मिल्दैन
कोही यो संग मिल्दैनन् भनेर
मलाई परिवर्तन भैस् नभन्नु ल।

पन्चतत्वले बनेको
हामी दुइको शरीरमा
उचाई,
रङ,
मासु र हड्डीको सन्तुलन
बाहेक केही कुरामा पनि फरक छैन।

तरल,
ठोस,
अनि हावा खाएरै बाँच्छौ
अनि फाल्छौँ पनि
यही माटो अनि यही हावामा।

फरक छ त
उचाई, रङ, अनि
मासु र हड्डी पनि नभएको,
तरल, ठोस अनि हावा
खाएको र फालेको बिचको
तत्वले बनेको
यो शरीर बाहेकको-
मेरो अनुभूति
भावना
अनि बिचारमा।

ती निराकार वस्तुहरुको
अन्तरले मलाई
मेरो शरीरलाई
मेरो शरीरको व्यवहारलाई
केही भिन्न देखाएको छ भने
मलाई परिवर्तन भैस् नभन्नु ल।

२०७९ भाद्र २, बिहीबार प्रकाशित 1 Minute 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार