काठमाडौं, साउन ३२-प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीलाई अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका छन्। आफूले आइतबार उक्त निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाको भनाइ छ । अफगानिस्तानमा रहेका नेपालको स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन गरिसकेको उनकाे भनाइ छ।
प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’