२०८१ बैशाख ११ मंगलवार

अध्यादेश बिरुद्धको आन्दोलनमा युवा संघ गण्डकी अध्यक्ष सहित अनेरास्ववियु कास्कीका नेता शिव पराजुली घाइते ।

अध्यादेश बिरुद्धको गण्डकी प्रदेशमा भएको प्रदर्शनमा प्रहरीको लाठी चार्ज र ढ़ूँगा प्रहार पछी युवा संघ गण्डकी अध्यक्ष महेंद्र गुरुँग सहित अनेरास्ववियु कास्कीका विद्यार्थी नेता शिव पराजुली सख़्त घाईते भएका छन् । प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा विद्यार्थी नेता शिव पराजुली सहित दर्जनभन्दा बढी अनेरास्ववियुका विद्यार्थी र युवा संघका कार्यकर्ता घाईते भएका हुन् ।

बुधबार दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा (एमाले)निकट युवा संघ गण्डकी साथै विद्यार्थी संगठन अनेरास्ववियु कास्की र प्रहरीबीच झडप भएको थियो ।

पोखरा भीमसेन चोक देखी चिप्लेढूँगा सम्मको र्याली सहित नाराबाज़ी गर्दै अघी बढ़ेको जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
प्रहरीमाथि नै युवा र विद्यार्थी नेता कार्यकर्ताहरूले ढुङ्गा र सड़क डिभाइडर बर्साउन थालेपछि प्रहरिले लाठी चार्ज सुरु गरेको थियो।

झडपमा युवा संघ गण्डकी का अध्यक्ष महेंद्र गुरुँग, बिस्णु सुबेदी, सरस्वती पुरी, गंगा बहादुर केसी, बिस्वास सापकोटा र अनेरास्ववियु विद्यार्थी संगठन कास्किको नेता शिव पराजुली, केंद्रीय सदस्य उपेन्द्र गिरी, ज़िल्ला नेता मनोज पहारी, बिबेक ओझा, अमित तिमिल्सिना सहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका हुन्। सबै घाइते मध्य बिधार्थि नेता शिव पराजुलीको टाउकोमा गम्भीर चोट र शरीरमा प्रहरीको लाट्ठिले लागेको छ, प्रहरी द्वारा प्रहार गरीएको ढूँगा बाट पराजुली घाइते भएका हुन, उनको टाउकोमा तीन वटा टाका लगाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ गण्डकीका अध्यक्ष महेंद्र गुरुँगले सरकारले जनताको काम, देश बिकास भंदा पनी आफ़नो व्यक्तिगत स्वार्थ र कहि पद लोलुपे हरुको साटगाठमा लागिरहेको बताए र अझै युवा संघ र अनेरास्ववियु सदैब देशको हित र लोकतन्त्रको रक्षाको निम्ति कब बनेर जनता संगै सड़कमा उभिने कुरा बताए । कार्यक्रममा अनेरास्ववियु कास्की अध्यक्ष बिजय पौडेल, युवा संघ कास्की अध्यक्ष पान बहादुर जिसि लगायतले बोलेका थिए ।
उनीहरुको हाल पोखरा ओम् अस्पतालमा उपचार पस्चात घर फ़र्कीएको अवस्था रहेको छ । जुलुसमा सयौको संख्यामा युवा बिधार्थिहरुको उपस्थिति रहेको थियो ।
जुलुस पस्चात युवा संघ गण्डकीका सचिव बिकास अधिकारी र अनेरास्ववियु कास्की अध्यक्ष बिजय पौडेल द्वारा हस्ताक्षरित छुट्टाछुट्टै बिज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेशको बिरोध र घाइते आफ़ना साथीहरू सहित सम्पूर्णको स्वास्थ्य लाभको कामना समेत गरेका छन ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित 0 Minutes 2338 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार