२०८१ बैशाख ७ शुक्रबार

दार्चुलाका बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख क्षतिपूर्ति!!

धनगढी, २५ भदौ ।  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।

बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ । त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् ।

यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने उनले प्रतिबद्धता जनाएका छन् । उनको घोषणा कार्यान्वयन हुन प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन आवश्यक हुन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला गएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरू दार्चुला गएका हुन् ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 214 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार