२०७९ आश्विन १२ बुधबार

के हो पितृ तर्पण वा सोह्रश्राद्ध ? पितृकर्म बिना देवकर्मको फल असम्भव!!

भदौ २५ : जनकपुरधामको गंगासागर सहितका सरोबरहरुमा शनिवार बिहानै अत्याधिक भिडभाड लागेको छ । यो भिडभाड निरन्तर सोह्र दिन सम्म लाग्ने छ । हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएकाले दिवंगत मातापिता सहित पुर्वजहरुको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने हिन्दु परम्परा रहेको छ ।

हिन्दू परम्परा अनुसार शनिवार देखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदा देखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पतृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । सोह« वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो विधी सोह«श्राद्धको नामले परिचित छ ।
जानकारहरुको अनुसार यो पिृतकर्म हो ।

आश्विन महिनालाई पितृ पक्ष बनाइएको छ । शनिवार पुर्णिमाको दिन अर्पण गर्ने जल र गरिने तर्पण अगस्त मुनी अर्थात सवै मुनीका लागि हुन्छ भने पुर्णिमाको भोलीपल्ट अर्थात आइतवार देखि सुरु हुने विधी देवश्रृषि र पितृ तर्पण हो ।

जानकारहरुका अनुसार पितृ तर्पण गर्नेहरुलाई पितृदोष लाग्दैन । पृतिदोष लाग्दा थाहा नहुने तर स्मृद्वि, व्यापारमा बृद्वि, र सन्तानको शुस्वास्थ्य तथा शुसंस्कारको अवरोधक मानिन्छ । यो बहुत पुरान पौरानिक परम्परा हो । कर्म दुई प्रकारको देवकर्म तथा पिृतकर्म हुन्छ जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्ने पनि जानकारहरु बताउछन् ।

यो कर्म जेठो छोराले मात्र नभई सबै सन्तानले गर्नुपर्ने जानकारहरुको सुझाव छ । साथै चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा समेत हिन्दु संस्कारमा हुन्छ । बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध शुरु भएसँगै जनकपुधामको गंगासागर, काठमाण्डौं स्थित पशुपति क्षेत्र सहित देशको विभिन्न स्थानका धार्मिक महत्वको तालतलैया, नदी, सरोबर पोखरी आदीमा पनि सर्वसाधारणहरु दिवंगत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।

२०७९ भाद्र २५, शनिबार प्रकाशित 0 Minutes 24 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार