२०८० चैत्र १६ शुक्रबार

चितवनमा चुनावको मुखैमा रितिदै माओवादि, सयौं कार्यकर्ता एमाले प्रवेश

चितवन । चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । माओवादीका जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी छाड्ने क्रम बढेको हो ।

चितवनका विभिन्न पालिकाबाट माओवादीका नेता तथा कार्यकर्ताहरु गरी १५० जना नेता कार्यकर्ता आज एकैदिन एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकाहरुलाई एमाले पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीलगायतले स्वागत गरेका थिए ।

यसअघि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले परियारसँगै माओवादी नेता अन्जन तिमिल्सिना र अन्य नेताहरुलाई एमाले प्रवेश गराएका थिए । त्यसपछि चितवनमा माओवादी छाडेर एमाले प्रवेश गर्नेहरु बढेका छन् । यो क्रम निरन्तर जारी रहने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

 

२०७९ आश्विन ४, मंगलवार प्रकाशित 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार