
अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेका नेपाली समुदाय बिचको समाज नेपाली सोसाइटी अफ तास्मानियाले आज घटस्थापनाको अवसरमा शुभकामना आदान-प्रदान, चियापान एवं कार्यलय उद्घाटन कार्यक्रम गरेको छ ।
बिगत लामो समय देखी समाजले आफ्नो कार्यलय स्थापना गर्ने निर्णय गरे संगै यस वर्ष घटस्थापनाको दिन पारी होबार्टको मोनाह भन्ने स्थानमा आफनै कार्यलय स्थापना गरेको छ ।
उक्त कार्यलय सोसाइटीको गतिविधि, बैठक, नेपाली समुदायको निम्ति प्रयोग गर्न र सोसाइटिको दैनिको रुपमा हुने हरेक कार्यलय-कामहरु गर्न सहज अनी व्यवस्थित बनाउनका निम्ति स्थापना गरीएको सोसाइटिका अध्यक्ष तोयराज भट्टराईले बताए साथै उनले उक्त कार्यक्रममा उपस्थिति सबै नेपालीहरूलाई आगामी दिनहरूमा यस सोसाइटीलाई अगाड़ी बढ़ाऊन र लैजानका निमित्त सबैको साथ र सहयोगको खाँचों रहेको र सबैमा धन्यवाद समेत व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा कार्यलय उद्घाटनको निम्ति हिन्दू धर्म अनुसार पुजारी द्वारा बिधिवत रुपमा सोसाइटिका उपाध्यक्ष केराज खनालको नेतृत्वमा दुर्गा पुजा सहित शुभकामना आदान-प्रदान अनी कार्यलय व्यवस्थापन गरीएको थियो साथै उनले उपस्थिति सबैमा स्वागत मन्तव्य व्यक्त गर्दै समाजको हित अनी नेपाली हुनुको वास्तविक अर्थ बिदेशी भूमिमा एकापसमा भाईचाराको सम्बन्ध हुनु पर्ने र बनाउनु पर्ने अवस्थाको बारेमा प्रकाश पारेका थिए र नेपालिहरु बिच हरेक परिस्थितिमा सोसाइटी तपाईहरू संगै र साथमा रहेको समेत बताए ।
त्यसै गरी नेपाली सोसाइटी अफ तास्मानिया का सक्रिय सदस्य एवं युवा समाजसेवी आशिष तिवारीलाई सोसाइटिको तर्फबाट आऊदै गरेको बड़ा दशैंको अवसरमा सबै नेपालीहरू लाई नि-शुल्क जमरा वितरण कार्यक्रमको सम्पूर्ण ज़िम्मेवारी प्रदान गरेको छ । जमरा लीन इच्छुक हरूले 113 Albert Road, Moonah यस ठेगाना मा गई लीन सक्नुहुने छ र सबै नेपाली भाषी अनी होबार्ट बासीहरूमा जमरा लीनका निम्ति उनले अपिल सहित शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यलय उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका स्थानीय दलका प्रतिनिधि, नेपाली सोसाइटी तास्मानियाका पूर्व अध्यक्ष र तास्मानियामा रहेका बिभिन्न नेपाली एवं बिदेशी संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चियापान एवं दशैंको शुभकामना आदान-प्रदान कार्यक्रम समेत रहेको थियो ।
नेपाली सोसाइटी अफ तास्मानियाले यस अघी बिभिन्न महत्वपूर्ण कार्यक्रमहरू गरीसकेको छ र आउदा दिनमा समेत बिशुद्ध नेपालीहरू बिचमा रही समाजको निम्ति काम र ग़ैर राजनैतिक गतिविधि हरू र राजनैतिक ढंग बाट आऊने र गरिने हरेक प्रकारका काम र प्रस्तावहरू लाई अस्वीकार गर्ने प्रतिवद्धता समेत सोसाइटिका अध्यक्ष तोयराज भट्टराईले व्यक्त गरेका छन ।