सिड्नी, २०२२ सेप्टेम्बर २५ ।
अष्ट्रेलियाको तास्मानिया राज्यमा रहेको अग्रणी क्लब मार्फा फुटबल क्लब ले दशै तथा तिहार – २०७९ को अवसरमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष एवं युवा समाजसेवी रबिन पौडेलले उक्त कार्यक्रममा उपस्थित सबै जना लाई स्वागत सहित मार्फा फुटबल क्लबले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरूमा यहाँहरू सबैको सदैव यस्तै किसिमको साथ र माया अनी सुझावको अपेच्छा गरेको बताए साथै सबैमा बिजया दशमिको शुभकामना समेत व्यक्त गरेका छन संगै क्लबले खेलकुद क्षेत्रमा आवद्ध रहेका सबै युवा साथीहरूलाई केवल एकजुट बनाई अगाड़ी बढ़ने उद्देश्य मात्र नरही स्वास्थ्य सबैभंदा ठुलो धन रहेको हुदा खेलकुद क्षेत्र मार्फत शारीरिक बिकास अनी मानसिक बिकास समेत हुने बताए ।
होबार्ट स्थित मोनाह, बेंजेफ़िल्ड पार्कमा आयोजना गरीएको उक्त कार्यक्रममा नेपाली सोसाइटी अफ तास्मानियामा अध्यक्ष तोयराज भट्टराई, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो भने अन्य बिभिन्न संघ संस्थाहरू बाट समेत प्रतिनिधित्व जनाएका थिए ।
त्यस्तै उक्त कार्यक्रममा संयोजकको रुपमा नवराज तिमिल्सिना रहेका थिए उनले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम सम्पन्न गर्न यहाँहरुको उल्लेख्य भुमिका रहेको बताए ।
उक्त शुभकामना आदान-प्रदान कार्यक्रमको संचालन क्लबका सचिव प्रमोद शाहले गरेका थिए भने कार्यक्रममा बिशेष सहयोगिको रुपमा सुरज गौतम रहेका थिए ।
उक्त शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा करिब ७० जना युवाहरुको उपस्थिति रहेको कुरा क्लबका पब्लिक अफिसर अस्मित दनाइले बिश्वपाटिलाई जानकारी दिएका छन ।
क्लबले यस अघी बिभिन्न खेलहरू संचालन गरिसकेका छन भने आउदा दिनहरूमा समेत तास्मानिया मा रहेका सबै युवाहरूलाई जोडेर एकजुट बनाई लाने योजना रहेको क्लबका कोषाध्यक्ष अनुप राइले बताए र सदस्यता लीनका निम्ति सबैमा आह्वान समेत गरेका छन ।