नेपाली सोसाइटी अफ तास्मानिया ले यही आऊदो अक्टोबर १५ गतेका दिन दोस्रो दशैं कप फुटबल आयोजना गर्ने भएको छ ।
वारियर पार्क फुटबल पिच, होबार्ट, तास्मानियामा मा हुन गईरहेको उक्त कपमा बिजेता र उप-बिजेता लाई के कती पुरस्कार र अन्य बिबिध बिषयको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताईएको छ ।
बिजया दशमी २०७९ को उपलक्ष्यमा नेपाली सोसाइटी अफ तास्मानियाले उक्त कप आयोजना गरेको छ ।
अघिल्लो वर्ष समेत नेपाली सोसाइटी अफ तास्मानियाले पहिलो दशैं कपको भव्यताका साथ सम्पन्न गरेको थियो भने अब हुने यस कप दोस्रो दशैं कप रहेको र यस कपलाई चाडपर्व को रुपमा मनाउन र साथिभाइ बिचको सामीप्यता प्रगाढ़ बनाउने उद्देश्यका साथ आयोजना गरीएको सोसाइटीका अध्यक्ष तोयराज भट्टराईले बताए ।