
२०७८ भदौै ५, काठमाडौं – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि पाटन अस्पतालमा उपचाररत थापाको उपचारकै क्रममा शनिबार विहान ४ः४० बजे निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिए ।
६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाकाचलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए। थापाका श्रीमती, एक छोरो र एक छोरी छन्।
