२०८१ बैशाख ८ शनिबार

डेण्टेड कोडले ७५०० डलर बराबरको तालिम निशुल्क दिने ।

डेण्टेड कोडले ७५०० डलर बराबरको तालिम निशुल्क दिने

सिड्नीको नेपाल फेस्टिबलको अवसर पारेर डेण्टेड कोडले ७५०० डलर बराबरको आईटी तालिम निशुल्क दिने भएको छ। डेण्टेड कोडले आफ्नो स्टलमा आएर दर्ता हुने हरू बाट छनौटमा परेका तीन जनालाई सो बराबरको तालिम निशुल्क दिने बताएको हो। गोलाप्रथा बाट छानिने एकजनाले ४००० डलर बराबरको तीन महिनाको ‘वेब डेभलोपमेन्ट’ तालिम निशुल्क गर्न पाउने छन्। त्यस्तै अरू दुई जनाले डेण्टेड कोडको ‘अनलाईन लर्निङ प्लाटफर्म’मा २५०० डलर बराबरको जीवनभर सिक्ने अवसर निशुल्क पाउने छन् भने तेस्रोले १००० डलर बराबरको ‘अनलाईन लर्निङ प्लाटफर्म’ को एक वर्षको तालिम निशुल्क पाउने छन्। नेपाल फेस्टिबल मनाउन आउनेहरू मध्येबाट कसैले अष्ट्रेलियामा आईटीमा करिअर बनाउनका लागी निशुल्क अवसर पाउँदा अरूलाई पनि करिअर बनाउनको लागी प्रेरणा मिल्ने भएकाले तीनजनालाई निशुल्क तालिम र मेन्टरिङको अवसर दिन लागेको डेण्टेड कोडका प्रेम आचार्यले बताए।

सिड्नीको रकडेलमा रहेको डेण्टेड कोडले अष्ट्रेलियामा आईटीको क्षेत्रमा काम गर्न चाहनेहरूलाई तालिम, मेन्टरिंग, नेटवर्किङको माध्यमबाट करिअर विकासमा सहयोग गर्दै आएको छ।

२०७९ मंसिर १, बिहीबार प्रकाशित 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार