२०८० आश्विन ७ आईतवार

होबार्ट सोसियल वर्ल्डकपमा नेपालले भाग लिने, प्रेस मिट सम्पन्न ।

सिडनी, अष्ट्रेलिया ।

होबार्ट सोसियल फुटबल वर्ल्डकप २०२३ मा नेपालले भाग लिने मार्फा फुटबल क्लब द्वारा पत्रकार सम्मेलन ।

अष्ट्रेलियाको तास्मानीय राज्य सरकार द्वारा हरेक वर्ष झै आयोजना गर्दै आएको होबार्ट सोसियल फुटबल वर्ल्डकप आऊदो वर्ष २०२३ पनी आयोजना गर्ने भएको छ । उक्त वर्ल्डकपमा अष्ट्रेलियाको तास्मानिया राज्यमा बिगत लामो समय देखी नेपाली हरू माझ फुटबल खेल मार्फ़त प्रवास मा रहेका नेपाली युवाहरू लाई एकजुट बनाउदै आएको संस्था मार्फा फुटबल क्लब नेपाल ले उक्त वर्ल्डकपको नेतृत्व गर्ने भएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने समूहलाई अष्ट्रेलियामा रहेको सामाजिक संस्था प्रवासी नेपाली मंच-अष्ट्रेलिया तास्मानिया राज्य कमिटीले नेपालको जर्सी प्रायोजन गरेको छ । उक्त पत्रकार सम्मेलनमा प्रवासी नेपाली मंच तास्मानिया राज्यका इंचार्ज समेत रहेका सुजन लामिछानेले आगामी दिनमा समेत संस्थाले मार्फा फुटबल क्लबलाई समाज रूपान्तरणको निम्ति सहयोग गर्ने प्रतिवद्धता संगै वर्ल्डकप मा बिजयीको निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा नेपाली सोसाइटी अफ तास्मानिया राज्यका उपाध्यक्ष केराज खनाल,  नेप्लीज तास्मानिया स्पोर्ट्स एसोशियसनका अध्यक्ष बिष्णु सापकोटा, नेप्लीज बिजनेश एशोशियसन तास्मानियाका सचिव उमेश सेंच्युरी, मार्फा फुटबल क्लबका स्पोंसर तथा युवा समाजसेवी आशिष तिवारी संगै बिभिन्न सामाजिक संस्था बाट प्रतिनिधित्व रहेको थियो ।

मार्फा फुटबल क्लब द्वारा आयोजना गरीएको उक्त पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकार, सामाजिक सस्थाका प्रतिनिधि तथा उपस्थिति सबै लाई क्लबका अध्यक्ष एवं नेपालको प्रतिनिधित्व गर्ने समूहका प्रमुख रबीन पौडेलले धन्यवाद सहित आभार व्यक्त गर्दै आऊदो वर्ल्डकपमा नेपालको सानदार उपस्थिति रहने हुदा खेलाड़ीहरूलाई हौसला प्रदान गर्नका निम्ति सबै सबैमा उपस्थिति जनाईदिनुहुन विनम्र अनुरोध समेत गरेको छन ।

मार्फा फुटबल क्लबले नेतृत्व गर्ने उक्त खेलमा टिम नेपाल र क्रोएसिया बीच आऊदो जनवरी ४ बुधबारका दिन बेलुकी ६ः३० बजे ऑलिंडा ग्रोभ / युटास ग्राउण्डमा पहिलो खेल हुने त्यसै गरी दोस्रो खेल जनवरी ८ दिनको २ बजे सोही ग्राउण्डमा टिम नेपाल र बहामास देश बीच र समूह सी को अन्तिम खेल जनवरी १५ दिनको १२ः३० बजे टिम नेपाल र ग्रीस बीच खेल हुने कुराको जानकारी युवा समाजसेवी आशीष तिवारीले बिश्वपाटीलाई बताए ।

 

 

२०७९ पुष १, शुक्रबार प्रकाशित 1 Minute 558 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।