मेलबर्न, अष्ट्रेलिया ।
सयौंको संख्यामा युवाहरू नया वर्ष मनाऊन मेलबर्नमा भेट हुदै ।
प्रवासी नेपाली मंच अष्ट्रेलियाको युवा संगठन प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाको भिक्टोरिया राज्य कमिटीले अंग्रेज़ी नयाँ वर्ष बिशेष शुभकामना आदान-प्रदान तथा भेटघाटको आयोजना गर्ने भएको छ ।
अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्नमा हुन गईरहेको उक्त कार्यक्रममा अंग्रेज़ी नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान साथै बारबिक्यू कार्यक्रम रहने प्रवासी नेपाली युवा मंच, भिक्टोरिया राज्य कमिटीका प्रमुख बिकास सिलवालले बताएका छन साथै कार्यक्रमलाई सफल बनाऊन सबै सरोकारवाला समक्ष सहयोग र सबै मेलबर्न बासी युवाहरूलाई उपस्थितिका निम्ति आह्वान समेत गरेका छन ।
प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाका सचिव बिरोध थिंगको अनुसार उक्त कार्यक्रममा सय भंदा बढ़ी युवा युवतीको सहभागिता रहने र त्यही अनुसार तयारी भई रहेको बताए ।
प्रवासी नेपाली युवा मंच, समाजमा रहने हरेक नेपाली हरू बिच सुख-दुख अनी सबै खाले अवस्थामा साथमा रहेको युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले बताए संगै उनले अष्ट्रेलियाको आठ ओटा राज्यमा आफ़नो कमिटी रहेको र यस अघी नै भेटघाट कार्यक्रम अनी सुख दुःखमा नेपाली बिधार्थि तथा हरेकको साथ काम गर्दे आएको बिश्वपाटीलाई बताए साथै हरेक समस्याका सिधा सम्पर्क समेत गर्न सकीने समेत बताएका छन ।
कार्यक्रम मेलबर्न को Jack Rover Reserve 217 Camp Rd, Broadmeadows VIC 3047 मा आऊदो ८ जनवरी आइतबार का दिन दिउसो २ बजे बाट कार्यक्रम सुरु हुने पाईएको छ ।
कार्यक्रमलाई सफल पार्नका निम्ति केन्द्रीय कमिटी बाट सचिव बिरोध थिंग अनी कोषाध्यक्ष संजिब थापाको सहकार्यमा तयारी अघी बढ़ीरहेको कुरा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका महासचिव अनिल खड़काले बताए ।