
गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमंत्री माननीय खगराज अधिकारी ले लिन गएको विश्वासको मतमा म मनाङ जिल्ला ( ख) बाट निर्विरोध निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु । एमाले को २२ , माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टी को २ मत बाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानु भन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको छु। धन्यवाद !! 🙏