२०८१ चैत्र ११ सोमबार

तन्दुरी रोटीकै कारण दुई पक्षबीच हानाहान : बिहे टुट्यो, बेहुला पक्राउ

भारतमा तन्दुरी रोटीलाई लिएर दुलहा र दुलही पक्षबीच झगडा भएपछि विवाह टुटेको छ।

उत्तर प्रदेशको सम्भल सहरमा प्रहरीले दुवै पक्षलाई चौकीमा ल्याएको थियो ।

जहाँ मंगलबा राति अबेरदेखि बुधबार दिउँसोसम्म पञ्चायत भएको थियो । त्यसपछि प्रहरीले बेहुलासहित ३ जनालाई नियन्त्रणमा लिएर शान्ति खलबल्याएको आरोपमा नियन्त्रणमा लिएको छ।

के थियो घटना ?

सम्भलको हयातनगर क्षेत्रका राकेशले आफ्नो छोरा तनु चन्द्रको विवाह मुरादाबादको दलपतपुर क्षेत्रका मदनकी छोरी आँचलसँग तय गरेका थिए।

बिहे गत फेब्रुअरी ७ मा हयातनगरको एक बैंक्वेट हलमा भएको थियो । विवाहको सम्पूर्ण कार्यक्रम बेहुलाको पक्षले नै सम्पन्न गरेको  थियो । जहाँ दुलही पक्षका मानिसहरु पुगेका थिए । त्यहाँ दुवै पक्षबीच विवाद भएको थियो ।

बेहुला पक्षका मानिसहरूले नास्ता र खानाको उचित प्रबन्ध गरेका थिए, एकै दिन विवाह र विवाह समारोह हुने भएकाले बेहुला र दुलही तयारीमा व्यस्त थिए। तर यसैबीच तन्दुरी रोटीलाई लिएर विवाद भएको थियो ।

रोटीलाई लिएर युवती पक्षले झगडा गरेका दुलहा तनु चन्द्रले प्रहरीसमक्ष बताएका छन्।

यस क्रममा आफू आक्रोशित भए पनि झगडा नहोस् भनेर धेरै प्रयास गरेको उनले बताएका थिए । तर विवाह भने टुट्न पुगेको उनले बताए।

तन्दुरीमा पकाउन ढिलो भएको भन्दै दुलहीका काकाले तन्दुरी बनाउनेसँग झगडा गरेका थिए।

त्यसपछि बेहुलाको दाजुले रिसको झोकमा दुलहीको काकाको गालामा थप्पड हानेको प्रहरीसमझ ती ३ जनाको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ। काकाले थप्पड खाएपछि दुलहीको भाइले बेहुलाका दाजुलाई दाजुलाई थप्पड हानेका थिए।

यसपछि जन्तीहरू र बेहुली पक्षकाबीच कुटाकुट शुरु भएको थियो। चारैतिर कोलाहल मच्चिएपछि प्रहरी त्यहाँ पुगेको थियो।

बुधबार बेहुला पक्षका मानिसहरू दिनभर प्रहरी चौकीमा बसेका थिए।

दुवै पक्षको पञ्चायतमा बसेर दुवै पक्षको कुरा सुनेपछि प्रहरीले मामिला मिलाउने प्रयास गरेको थियो। तर कोही पनि पनि माफी माग्न भने तयार नभएका प्रहरीले जनाएको छ।

२०७९ माघ २६, बिहीबार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार