२०८१ माघ २७ आईतवार

अनेरास्ववियुद्वारा जनप्रिय क्याम्पस पोखरामा तालाबन्दी ।

पोखरा ।

अनेरास्ववियुद्वारा जनप्रिय क्याम्पस पोखरामा तालाबन्दी ।

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिध्यार्थी युनियन जनप्रिय बहुमुखी क्याम्पस कमिटीद्वारा क्याम्पसमा आर्थिक अनियमितता गरेको आरोपमा क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएको गरेको छ ।
आज क्याम्पस कमिटीका अध्यक्ष शिव पराजुलीद्वारा हस्ताक्षरीत बिज्ञप्ति कमिटीका उपाध्यक्ष सागर प्रसाद शर्माको नेतृत्वमा बिज्ञप्ति टास र तालाबन्दी गरीएको थियो । अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य महेन्द्र उपाध्यायको उपस्थितिमा उक्त तालाबन्दी गरीएको थियो ।

जारी बिज्ञप्तिः-
नेपाली बिद्यार्थी आन्दोलनको मुलप्रबाह,शैक्षिक परिवर्तनको संवाहक,रास्ट्र राष्ट्रियता र जनजिविकाको पहरेदार संगठन अनेरास्ववियु स्थापनाकालदेखी नै विद्यार्थीहरुको अधिकार, सामाजिक न्याय शैक्षिक विकृती विसंगती र शैक्षिक व्यापारीकरण विरुद्धमा आवज बुलन्द गर्दै आइरहेको सर्वविदितै छ।
विगत लामो समय देखि जनप्रिय बहुमुखी क्याम्पसको आर्थिक अनियमितता भएको जानकारी भए संगै सूचना को हक प्राप्त गर्ने अधिकार सम्पुर्ण विद्यार्थी तथा अभिभावक को हुन्छ । २०६६ साल देखि नै क्याम्पस प्रशासन को लापरबाहीले आर्थिक क्षेत्र मा अनियमितता र नियम बिपरित क्रियाकलापमा अत्यन्तै गैरजिम्मेवार भएको र सुचना माग गर्दा गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण क्याम्पस प्रमुख र लेखा शाखा मा तालाबन्दी गरिएको छ।
आर्थिक अनियमितता को विवरण को समस्य समाधान नभए सम्म को लागि अनिश्चितकालिन तालाबन्दी लगाएको व्यहोरा जानकारी गराउदछौ।
अध्यक्ष
शिव पराजुली

यस अघी पनी अनेरास्ववियु क्याम्पस कमिटीले बिध्यार्थीको मुद्धामा पटक पटक आन्दोलन समेत गर्दै आएको कुरा क्याम्पसका सह-सचिव सचिन अधिकारीले बिश्वपाटीलाई बताए ।

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।